दीपेन्द्र कुँवर उज्यालो । काठमाडौं, माघ ८ - नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार नगर्ने बताउनुभएको छ । ‘बाबुराम भट्टराइ र प्रचण्डमा कुनै तात्विक फरक छैन । उनीहरु दुवै एउटै पार्टीका हुन ।’ उज्यालो अनलाईनसँग कुरा गर्दै गजुरेलले भन्नुभयो ‘बाबुरामलाइ अस्वीकार गर्नु भनेको प्रचण्डलाइ पनि अस्वीकार गर्नु हो ।’
खोटाङ, माघ ७ - दिन ढल्दै थियो । चिसो सिरेटोमा दिक्तेलस्थित माटिकोरे खेलमैदानको माहोल भने तात्दै थियो ।
खोटाङ युवा क्लव र तातिम इन्टरनेनमेन्ट प्रालिको संयुक्त आयोजनामा शनिबार भएको सांगीतिक कार्यक्रममा आधा दर्जन नवप्रतिभाको प्रस्तुतिपछि गायक शिव परियारको प्रस्तुति सुरु भयो ।
‘कुवाको पानी सालको पातैले, बेहोसपछि होसमा आउदा, कहा“ थियौ तिमी, लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो, रित्तो–रित्तो छु म, देउडा’ लगायतका सात वटा गीतले माटिकोरेको माहौल तातिसेको थियो ।
शिव परियारको सबै गीतमा दर्शकले तालीमात्र बजाएनन्, नाचेरै साथ दिए । सबै गीतमा वान्समोरको अफरले मैदान गुन्जयमान भएको थियो । पसिनाको धारो छुट्दा पनि शिवलाई दर्शकले धर दिएनन् । शिव मात्र होइन अन्य कलाकार पनि कमका थिएनन् । विनोद खम्बु, आशिश ताम्राकार, मेलिना राई, सुमन सरगम, रेवत राई, सचिन राई, दीपेश राई, लकेश राई, नारायण आचार्य, मनोमावी राई लगायतको स्वर दर्शकका लागि कर्णप्रिय रहे ।
प्रमुख आकर्षणको प्रमुख पात्रहरुको प्रस्तुती त बाँकी नै थियो । चर्चित हास्य जोडी सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई दर्शकले घरको काम मायाँ मारेर पर्खीरहेका थिए । यी जोडीले देशको वर्तमान यथार्थतालाई हास्य विषय वस्तु बनाएपछि दर्शकको हाँसोले मैदानै गुञ्जयमान बनीरहेका थिए ।
वर्तमान राजनीतिक गतिरोध, सरकारको अव्यवस्थित शान्ति सुरक्षा, दण्डहीनता, लोड सेडिङ, खोटाङ जिल्लाको विकास निर्माण सम्बन्धी तिखो प्रहार गरे हाँस्यजोडीले ।
यस्तै, नृत्याङ्गाना पार्वती राईले पनि माहौल तताइन् । उनको सुरुको प्रस्तुति नेपाली चोलीले दर्शकलाई आफूतिर तानिसकेको थियो । त्यसैमाथि उद्घोषकले उध्रेको चोली शीर्षकमा नृत्य प्रस्तुत गर्ने घोषणा गरेपछि दर्शकले उध्रेको चोली हेर्न कुरिनै रहे ।
अन्ततः शिव परियार, धुर्मुस सन्तली लगायतका राष्ट्रियस्तर कलाकारको प्रस्तुतिपछि आधारातको सिरेटोमा उध्रेको चोली हेरेरै दर्शक छामछुम गर्दै आ–आफ्तो गन्तव्यतिर लागे । तर त्यत्तीले मात्र पुगेन । दर्शकहरुको आग्रहपछि आईतबार साँझ पनि यो हाँस्य प्रस्तुती दोहोर्याइयो ।

खोटाङ, माघ ८ - नेपाल सरकार तथा शिक्षा मन्त्रालयको निर्देशन बिपरीत खोटाङमा गेस पेपर तथा गाईड बिक्री बितरण भइरहेको भेटिएको छ । जिल्लाका पुस्तक पशलहरुबाट अझै पनि बिद्यालय तहका गाइड तथा गेसपेपर बिक्रीबितरण भइरहेको जानकारी आएपछि सोमबार गरिएको अनुगमनकाक्रममा गेसपेपर तथा गाईड बिक्रीबितरण भइरहेको भेटिएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ ।
चितवन, माघ ८ - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले चुनाव भाँड्न आफैं प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको आरोप लगाउनुभएको छ । प्रचण्डले आफैलाई सहमतिको प्रधानमन्त्री बनाउन सार्बजनिक कार्यक्रम मार्फत गरेको प्रस्तावप्रति आपत्ति जनाउदै कोइरालाले यो निर्बाचन हुन नदिने षडयन्त्र भएको बताउनुभयो ।